धनगढी पुगे एमाले उपाध्यक्ष पौडेल, गरे शिवपुरी धामको दर्शन (तस्बिरहरू)

कैलाली । आजबाट सुरु हुन लागेको ‘मिसन ग्रासरुट’ अभियानमा लागि एमाले उपाध्यक्ष समेत रहेका सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल धनगढी पुगेका छन् ।

उनी धनगढी पुगे लगत्तै शिवपुरी धामको दर्शन गर्न पुगेका थिए । त्यस पछि भन्सार र कर कार्यालयको कार्यक्रममा सरिक हुन पुगेका पौडेल केही बेर पनि पार्टीको कार्यक्रममा सहभागी हुने छन् ।

सुदूरपश्चिम प्रदेशमा पनि आजबाट ‘मिसन ग्रासरुट’ सुरु हुँदै छ । सुदूरपश्चिममा उपाध्यक्ष पौडेललाई अनुगमन र सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्टलाई फिल्ड कमान्डर तोकिएको छ ।

आज धनगढीमा सुरु हुने अभियानमा केन्द्रीय सदस्य, केन्द्रीय निकायका सबै प्रदेश सचिवालय जिल्लाका पदाधिकारी र जनसङ्गठनका प्रदेश अध्यक्ष र इन्चार्जको उपस्थिति रहने छ । आज केन्द्रीय नेताबाट प्रशिक्षित भएपछि २ महिना यहाँ प्रशिक्षण दिएका नेताहरूले यहाँका सबै पालिकामा यस्तै अभियान सुरु गर्ने छन् ।

No description available.No description available.No description available.No description available.No description available.No description available.


५ फागुन २०७९, शुक्रवार १२:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु