माइकल लिस्कको बिस्फोटक सतकमा स्कटल्यान्डले नेपाललाई दियो २७५ रनको चुनौतिपूर्ण लक्ष्य
काठमाडौं । माइकल लिस्कको बिस्फोटक सतक प्रेरित आईसीसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गत जारी त्रिदेशीय एकदिवसीय शृंखलाको दोस्रो खेलमा स्कटल्यान्डले नेपाललाई २ सय ७५ रनको चुनौतिपूर्ण लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७४ रनको योगफल तयार पार्यो ।
बलिङमा गरेको राम्रो सुरुआतलाई निरन्तरता दिन नसक्दा नेपालले चुनौतिपूर्ण योगफल पाएको हो । २४ओभरको समाप्तिमा १ सय १० रन जोडेर ५ विकेट गुमाएको स्कटल्यान्डका लेस्कले सातौं विकेटका लागि ज्याक हार्भिससँग ८१ रनको साझेदारी गर्दै ८५ बलमा ९ छक्का र ३ चौकासहित सर्वाधिक १ सय ७ रनको अविजित इनिङ खेले । जार्भिस २६ रन जोडेर आउट भए ।
५ फागुन २०७९, शुक्रवार १२:३८ बजे प्रकाशित













