punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

हत्याको वर्ष बितिसक्दा पनि पक्राउ परेनन् दोषि, प्रहरी भन्छ- हामी अनुसन्धानमै छौँ

Chaupati
safha napa

डडेल्धुराको परशुराम नगरपालिका–८ की २६ वर्षीया अस्मिता धामीको हत्या भएको साढे एक वर्षभन्दा बढी भयो। दोषी अझै पत्ता लाग्न सकेको छैन।

सोही वडामा रहेको ‘जमरानी स्वास्थ्य केन्द्र’ की कार्यालय सहयोगी कर्मचारी अस्मिता २०७८ असार २ गते कोरोना खोप पुर्‍याउन अर्को ठाउँ जाँदै थिइन्।

उनी गन्तव्यमा पुगिनन्। तीन दिनपछि असार ५ गते हट्वानी सामुदायिक वनमा विभत्स अवस्थामा उनको मृत शरीर फेला प¥यो।
पोस्टमर्टम रिपोर्टले उनको हत्या भएको पुष्टि गरेको थियो।

प्जिल्ला प्रहरी कार्यालय डडेल्धुराले अनुसन्धान जारी रहेको भन्ने जवाफ दिने गरेको छ।

परिवारजनले कसैका विरूद्ध किटानी जाहेरी नदिएको अस्मिताका श्रीमान अमर धामीले बताए।

अमर भन्छन्, ‘प्रहरी प्रशासन धाउँदा–धाउँदा र आन्दोलन गर्दा–गर्दा थाक्यौं तर न्याय पाइएन।’

अहिले पनि न्याय पाउने आशामा अमरको परिवारले प्रहरी कार्यालयलाई सोध्न छोडेको छैन।

‘प्रहरी ९९ प्रतिशत अनुसन्धान पूरा भइसक्यो भन्छ। दुई वर्ष पुग्नै लाग्यो, न्याय पाउने छाँट छैन,’ अमर भन्छन्, ‘न्यायका लागि पहल गरिदिन स्थानीय सरकार, प्रदेश सरकार, जनप्रतिनिधि र पार्टीका नेताहरूलाई भन्न छाडेका छैनौं।’

आफन्तको मागअनुसार नगरपालिकाले ‘जमरानी स्वास्थ्य केन्द्र’ मा अस्मिताको स्थानमा गत वर्षको अमरलाई साउनमा नियुक्ति दियो। उनी त्यहीँ कार्यरत छन्।

अस्मिता र अमरका दुई छोरी छन्। उनीहरू छ वर्ष र तीन वर्ष उमेरका छन्।

घटनाको साढे एक वर्ष बित्दा पनि दोषी फेला नपरेको र न्याय नपाएकोमा अमर दुःखी छन्।

उनी भन्छन्, ‘छिटो न्याय पाए मनमा अलिक शान्ति हुन्थ्यो।’

कामकै सिलसिलामा अस्मिताको हत्या भएकाले उनले काम गरेको ‘जमरानी स्वास्थ्य केन्द्र’ उनकै नाममा नयाँ नामकरण गर्नुपर्ने आफन्तको माग छ।

आमा गुमाएका दुई छोरीहरूको शिक्षाको ग्यारेन्टी राज्यले लिनुपर्ने पनि उनीहरूको माग छ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी प्रहरी नायव उपरीक्षक मनोहर भट्टका अनुसार प्रहरी टोलीले विभिन्न कोणबाट घटनाको अनुसन्धान गरिरहेको छ।

प्रहरीले घटनाको अनुसन्धान अन्तिम चरण पुगेको भन्ने गरेको भए पनि दोषी पक्राउ गर्न किन ढिला भएको हो भन्ने प्रष्ट पार्न सकेको छैन।

‘अनुसन्धानमा केही कुरा तुरून्तै पत्ता लाग्न सक्छ, केही कुरामा बढी समय लाग्छ,’ डिएसपी भट्ट भन्छन्, ‘आधार र प्रमाण जुटाउने काममा छौं। प्रक्रियामा रहेका सबै कुरा भन्न मिल्दैन।’


३ फागुन २०७९, बुधवार ०७:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु