punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

खानै नपाई मरिन्छ की भन्ने घुम्राको चिन्ता

Chaupati
safha napa

कैलाली । १३ वर्षको कलिलो उमेरमा वैवाहिक बन्धनमा बाँधिएकी घोडाघोडी नगरपालिका ८ कि घुम्रा धामी अहिले ३३ वर्षकी भइन् । उनका ३ छोरी र २ छोरा छन् । कलिलो उमेरमा विवाह गरेर आएका श्रीमानले पनि धोका दिएपछि अहिले घुम्रा एक्ली भएकी छन् । १ वर्ष अघि घुम्राका श्रीमानले अर्कै बिहे गरेर भारत पलायन भए । त्यसपछि उनीहरु सबैको यता बिचल्ली भएको छ ।

घरमा ७० वर्षीया सासू कलसा धामी पनि छन्। उनलाई अहिले आफ्ना सन्तानको मात्रै होइन छोडेर गएका श्रीमानको आमाको पनि उत्तिकै पिर छ । त्यसैमाथि कलसा धामी आँखा देख्दिनन् । आफूसहित ७ जनाको परिवारलाई दुई छाक टार्न पनि अहिले उनलाई निकै कठिन छ ।

‘लत्ता कपडा त जसो तसो भएकै छ तर, खानकै समस्या छ’ उनले भनिन्, ‘खानै नपाई मरिन्छ कि भन्ने पिर भइसक्यो ।’ श्रीमानले छोडेर गएपछि आर्थिक सङ्कटले भारत मजदुरी गर्न गइन् । तर, बालबच्चाको भविश्य र सासूको चिन्ताले उनलाई त्यहाँ पनि रहन दिएन। त्यसपछि अहिले दुई छाक टार्न घर नजिकैको खोलामा ढुङ्गा फोडिरहेकी छन् ।

भारतमा गएका श्रीमान् अहिले सम्म पनि राम्ररी बोलेको याद छैन उनलाई । बरु बेलाबेलामा घरबाट निस्किन धम्की भने दिइरहन्छन् । ‘श्रीमान् बोल्न चाहँदैनन् । त्यो घर बाट निस्केर गएपछि मात्रै आमा र छोराछोरीलाई हेर्छु भन्छन्’ गहभरि आशु पार्दै उनले भन्छिन्, ‘छोराछोरी छोडेर कसरी जान सक्छु ।यी सन्तानलाई हेरेरै म बाचिरहेको छु ।’

सात जनाको परिवार पाल्न उनलाई सहज छैन ।कहिलेकाहीँ पैसा नहुँदा आफन्त र छिमेकीसँग सर सापटी माग्ने प्रयास पनि नगरेकी होइनन् तर, उनीहरूलाई पनि श्रीमानले फोन गरेर नदिनु भनेपछि घुम्राको सापटी पनि पाउन छोडेकी छन् ।

‘छिमेकीबाट पनि सहयोग पाउँदिन’ उनले भनिन्, ‘आफ्नो आमा बुवाको घर जाऊ भन्दा पनि धेरै टाढा छ उहाँ बसै भन्दा पनि खानै नपाएर प्राण जान्छ कि भन्ने चिन्ता छ ।’ श्रीमानले छोडेर एक्लो भएकी उनलाई अहिले श्रीमानका आफन्तले पनि घर छोडेर जान धम्की दिइरहेको बताउँछिन् ।

सासू भन्छिन्, ‘मत आँखा देख्दैन । बुहारीलाई समस्या छ भन्यो भने छोराले हेर्दैन । ’श्रीमानको यादले घुम्रालाई जति सताउँछ त्यो भन्दा बढि उनका सन्तानहरू अहिले बुवाको माया र स्नेहको प्रतीक्षामा छन् । उनका सन्तानको अघि बुवाको बारेमा कुरा गर्दा गह भरी आँसु भए ।

१२ वर्षिया छोरी अस्मिता बाबुको यादमा सबै भन्दा बढि तड्पिएकी छन् । बुवासँग कुरा गर्न मन लाग्दा उनले छिमेकीलाई गुहार्नुपर्छ । कहिलेकाहीँ फोन लगाइदिन्छन् । छोरी मायाले बोल्दा बुवा आक्रोशमा जवाफ दिन्छन् ।

 

‘बुवाको धेरै याद आउँछ, धेरै माया लाग्छ । मम्मीलाई घरबाट निकालेको दिन मात्र म सँग बोल्नु भन्दै बुबाले गाली गर्नुहुन्छ’गहभरि आशु पार्दै उनले भनिन्, ‘मम्मीलाई छोड्न सक्दैनौँ हामीलाई बुवा पनि चाहिएको छ ।’

घुम्राकी जेठी छोरी कविता १३ वर्षकी भइन् । कक्षा ६ मा पढ्दै गरेकी कवितालाई कहिले काई कापी किताब किन्न पैसा पुग्दैन । त्यहि कुराको लागि बुबालाई फोन गर्दा पनि गाली गर्ने गरेको उनले पीडा पोखिन् ‘किन्नका लागि पैसा पठाइदिनु भन्दै फोन गर्छम’उनले भनिन् ‘,मम्मीलाई घरबाट निकालेको भोलिपल्टै पैसा पठाइदिन्छु भन्छन् बुबाले ।’

विगतमा कहिलेकाहीँ सम्पर्क हुने गरेको भएपनि ज्येष्ठ महिनादेखि बुवा छोरीको फोन सम्पर्क भएको छैन । १३ वर्षीया कविता ६ कक्षामा पढ्छिन्, १२ बर्षिय अस्मिता ५ मा , ६ बर्षिय सपना शिशु कक्षामा पढ्छिन् भने ९ बर्षिय छोरा नवीन १ मा पढ्छन् । ४ बर्षिय सुनु विद्यालय जाँदैनन् । खान नै धौ भइरहेको घुम्राको परिवारलाई छोराछोरी पढाउनका लागि पनि निकै समस्या भइरहेको छ ।


२८ माघ २०७९, शनिवार ०९:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु