punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दुई हजारले सुनको मूल्य घटेसँगै कतिमा हुँदैछ कारोबार

Chaupati
safha napa

साताको पहिलो दिन सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला एक लाख ४ हजार १ सय रुपैयाँ निर्धारण भएको छ।

शुक्रबार पनि सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ६ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो। गत साता मूल्य बढ्दै प्रतितोला एक लाख ७ हजार रुपैयाँसम्म पुगेको सुन दुई दिनमा तोलामा ३४ सय रुपैयाँले घटेको छ।

चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले घटेको छ। आइतबार चाँदी प्रतितोला एक हजार ३ सय २० रुपैयाँ कायम छ। शुक्रबार चाँदी तोलामा ३० रुपैयाँले घट्दै प्रतितोला एक हजार ३ सय ६५ रुपैयाँ थियो।

 


२२ माघ २०७९, आइतवार १२:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु