जनकपुरमा हतियारसहित एकजना पक्राउ
धनुषाको जनकपुर उपमहानगरपालिका–१ बाट हतियारसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ४१ वर्षीय दिलिप साह छन् ।
उनको साथबाट कटुवा पेस्तोल एक थान, म्यागनममा लाग्ने गोली एक थान, सोको खोका एक थान र राईफलमा लाग्ने गोली चार थान बरामद भएको छ ।
उनी विरुद्ध मिटर ब्याज सम्बन्धी उजुरी परेपछि अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनको घर तथा पसलमा तलासी गर्दा उक्त हतियार फेला परेको हो ।
यसबाहेक विभिन्न पीडितको नाममा जग्गा रोका रहेको फारम पाँच थान, कपाली तमसुक १५ थान र रकम उल्लेख नगरी दस्तखत भएको चेक फेला परेको छ ।
२२ माघ २०७९, आइतवार १२:३१ बजे प्रकाशित































