punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भासु भीरबाट जिप खस्दा हाम फालेर दुई जना जोगिए

Chaupati
safha napa

कैलालीको चुरे गाउँपालिका–५ स्थित भासु भीरबाट जिप खस्दा हाम फालेर दुई जना जोगिएका छन् । मर्मतका लागि अत्तरियातर्फ ल्याउँदै गरेको सु.प.प्र. ०१००१ ज १३६१ नम्बरको फोर्स जिप ब्रेक फेल भई भीरबाट तल खस्दा सवार दुई जनाले हाम फालेर ज्यान जोगाएका हुन । शनिबार राति ११ बजे जिप भीमदत्त राजमार्गबाट तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हाम फाल्दा जिप चालक बैतडीको पुर्चौडी नगरपालिका–६ का ३१ वर्षीय ईश्वर पन्त र डडेल्धुराको परशुराम नगरपालिकाका–५ का ४१ वर्षीय लालबहादुर खड्का सामान्य घाइते हुनुभएको छ । चालक पन्तको बायाँ हात, छातीमा र खड्काको कुममा चोट लागेको छ ।
दुवै जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । जिपमा दुई जना सवार रहेको र मानवीय क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सो जिप जोगबुढाबाट मर्मतका लागि अत्तरियातर्फ ल्याइँदै थियो ।


२२ माघ २०७९, आइतवार ११:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु