नेपालको मौसममा पश्चिमी वायुको प्रभाव

नेपालको मौसममा पश्चिमी वायुको आंशिक प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला आइतबार बिहान पहाडी भेगमा आंशिक बदली (आकाशमा थोरै बादल)रही तराईका धेरै स्थानमा हुस्सुरकुहिरो लागेको छ।

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो  प्रदेश नं। १ का पहाडी भेगमा आंशिकदेखि सामान्य बदली तथा बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नम्बर १ को हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

बुलेटिनअनुसार राति देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा  महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ।

जसमा भनिएको छ स् प्रदेश नम्बर १ का हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको र देशका तराईका भूभागमा लागेको हुस्सुरकुहिरोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने सम्भावना समेत रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।


२२ माघ २०७९, आइतवार ०८:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु