Alok

धनगढीमा एलपीएल सातौँ संस्करणको उद्घाटन खेलमा सत्यवती एकेडेमी विजयी

धनगढीस् कैलालीको धनगढीमा विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग ९एलपीएल० को सातौँ संस्करण सुरु भएको छ ।

शनिवार प्रतियोगिताको उद्घाटन खेलमा साबिकविजेता सत्यवती एकेडेमी विजयीभएको छ । लोटस आइइङ्लिस सेकेन्डरी स्कुलअत्तरियालाई २८ रनले पराजितगर्दै सत्यवतीले प्रतियोगितामाविजयी सुरुवात गरेको हो।

धनगढी स्थित फाप्लाक्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको सत्यवतीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २६ रन बनाएको थियो । १ सय २७ रनको विजयीलक्ष्य सहित मैदानउत्रिएको लोटस आइले १७।३ ओभरमा सबै विकेट गुमाएर ९८ रन मात्रै बनाउन सक्यो । लोटस आइलाई आयुबचन्दले २३, प्रेम शाहले २२ र सुरेश रावलले १० रनको योगदानदिए । कसिलो बलिङ गरेका सत्यवतीकाजीत साउदले ४ ओभरमा १७ रन खर्चिए महत्त्वपूर्ण ४ विकेट लिए । अभिषेक कोइराला र प्रतिकश्रेष्ठले समान २र२ विकेट लिए ।

पहिलो पारीमा सत्यवतीकालागिगौतम केसीले अविजित ४८ र प्रतिकश्रेष्ठले २५ रन बनाए । बलिङ तथा ब्याटिङ दुवै तर्फ खराब प्रदर्शन गर्दा लोटस आई पहिलो खेलमै पराजितहुनुपरेको हो ।

लिटल फ्लावर स्पोट्र्स एण्ड इभेन्ट्सको आयोजनामाफागुन ६ गतेसम्म सञ्चालनहुने प्रतियोगितामाआइतबार अतरियाको गुराँस एकेडेमी र धनगढीको वेष्टन क्रिष्टल एकेडेमी प्रतिस्पर्धा गर्नेछन् । दोस्रो खेलमा लिटल फ्लावर र कञ्चनपुरको होली फेमलीइङ्लिस मिडियम स्कुल भिड्ने छन् ।

उद्घाटन खेल अघि सुदूरपश्चिमकाप्रदेश प्रमुख देवराज जोशीले प्रतियोगिताको एक समारोहका बिच उद्घाटन गरेका हुन् । धनगढी उपमहानगरपालिका वडा नम्बर तीनकाअध्यक्ष राजबहादुर ऐरले ब्याटिङ तथाप्रदेशप्रमुख जोशीले बलिङ गरेका प्रतियोगिताको उद्घाटन गरेका थिए । सो क्रममा जोशीले खेलाडी तथा खेल क्षेत्रको विकासकालागिआधार तहबाटै खेलकुदलाई प्राथमिकतामा राखिनुपर्ने बताए ।


२१ माघ २०७९, शनिवार २३:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु