punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी कारागार चलान

Chaupati
safha napa

कैलाली क्षेत्र नम्बर- २ बाट निर्वाचित सांसद् अरुणकुमार चौधरी कारागार चलान भएका छन् । उनलाई कैलाली प्रहरीले आज जिल्ला अदालतमा उपस्थित गराएकोमा अदालतले कारागार चलान गरेको हो ।

ट्र्याक्टर आगजनीको मुद्दामा १२ वर्षअगाडि नै दोषी ठहर भएका चौधरी बिहीबार बाँकेबाट पक्राउ परेका थिए । उनलाई सुरक्षा संवेदनशीलता भन्दै बाँकेबाट जहाजमा काठमाडौं ल्याएर जहाजमै धनगढी लगिएको थियो ।

फरार सूचीमै रहेका बेला चुनाव लडेका उनी विजयी भएका थिए । नागरिक उन्मुक्ति पार्टीले आफ्ना सांसद् ‍चौधरीको रिहाइको माग गर्दै बिहीबार नै सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ ।

२०६६ भदौ ३ गते आफ्नो लु २ त २११ नम्बरको ट्याक्टर जलाएको भन्दै २०६७ भदौ २ गते कैलाली जिल्ला अदालतमा महादेव बजगाईँले अरुण चौधरीसहित पर्शराम चौधरी र वीरबहादुर चौधरीलाई विपक्षी बनाएर मुद्दा दायर गरेका थिए ।

यो मुद्दामा २०७० वैशाख ९ गते फैसला सुनाउँदै अदालतले तीनै जनालाई ६ महिना कैद सजाय सुनाएको थियो ।


२० माघ २०७९, शुक्रवार १२:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु