Hotel Flora Long Ad

पार्टी सभापतिकै साथ लिएर सचिवमा लड्छु : सचिवका आकांक्षी बिसी

क्रियाशिल सदस्यतालगायतका कारण रोकिएको नेपाली काङ्ग्रेस कैलालीको अधिबेशन यही कार्तिक २७ गतेदेखि सुरू हुँदैछ । पार्टीको १४औं महाधिवेशन अन्तर्गत हुन लागेको जिल्ला अधिबेशनको तयारी तीब्र पारिएको छ । चुनाबमा उम्मेद्वार बन्ने नेताहरू आफ्नो पक्षमा माहोल बनाउन कम्मर कसेर लागिरहेका छन् । प्रचार प्रसारमा जुटिरहेका छ । आकांक्षीहरू उम्मेद्वारी घोषणा गरिरहेका छन् भने केही त्यदको तयारीमा छ । यसमध्ये काङ्ग्रेस कैलालीको जिल्ला सचिवका आकांक्षी पनि खुल्नेक्रम छ । जसमा दुई दशकदेखि काँग्रेसमा क्रियाशिल तरुणदलका नेता अमृत बिसीले पनि जिल्ला सचिवका लागि उम्मेद्वारी घोषणा गरिसकेका छन् । काँग्रेस अधिबेशनको तयारी र उनको उम्मेद्वारीका विषयमा मर्निङ बेलका पुस्कर पौडेलले कुराकानी गरेका छन् । प्रस्तुत छ, बिसीसंग गरिएको कुराकानीको सम्पादित अंश :

 

कैैलालीमा काँग्रेसको अधिवेशनको तयारी कहाँ पुग्यो ?
नेपाली काँग्रेसको १४ औँ माधिवेशनको सागरमा छौँ । हामी नेपाली काँग्रेसको १४ औँ महाधिवेशन कैलालीमा एकदम तिव्रताका साथ अघि बढिरहेको छ । काँग्रेस कैलालीको अन्तिम बैठक पनि सम्पन्न भएको छ । बैठकले जिल्लामा अधिबेशनलाई सफलताका साथ रुपमा सम्पन्न गर्ने कार्यमा लाग्न सबै नेता कार्यकर्तालाई आह्वान गरेको छ । बैठकमा मात्रै नभई जिल्ला भरिका १३ वटै पालिका,१० वटा प्रदेश, १२६ वटा वडा र ५ क्षेत्रका प्रमुखहरूको उपस्थित रहेको थियो । नेपाली काँग्रेसको प्रचार प्रसारलाई तिब्रता दिइएको छ ।

 

तपाई पार्टीको कुन पदमा उम्मेद्वारी दिने योजनामा हुनुहुन्छ ?
अब आउँदै गरेको १४ औ महाधिवेशनामा मैले पनि आफनो पृष्ठभुमि भन्नै पर्छ । नेपाल तरुण दलबाट मैले राजनीति यात्रा सुरु गरेको हो । २०५५ साल म नेपाल तरुण दलको जिल्ला सदस्य हुँदै अहिले यहाँसम्म छु । म अहिलेसम्म निरन्तर तरुण दलमै छु । पोखरामा भएको तरुण दलको अधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार भएँ । केन्द्रीय नेताहरुको गुटबन्दीका कारण त्यसले पूर्णता पाएन । र यो पार्टीको १४ औं महाधिवेशनमा जिल्ला सचिवमा मेरो उम्मेदवारी रहने छ। म निरन्तर पार्टीका लागि लागिरहेको छु । दिन रात नभनी २४ घण्टा पार्टीको कामले म फिल्डमै छु र मलाई कैलाली जिल्लाका सम्पूर्ण नेपाली काँग्रेसका नेताहरु लगायत सम्पूर्ण मेरा दाजुभाइ दिदी बहिनीले मलाई आशिर्वाद दिनु भएको छ ।

 

कुन प्यानलबाट अधिवेशन लडने सोच बनाउनु भएको छ ?
अहिले वर्तमान पार्टी सभापति र प्रधानमन्त्री शेरबहादुर दाइ एउटै प्यानलमा हुनुहुन्छ । शेरबहादुर दाइको जुन लाइन हुन्छ त्यही लाइनबाट म सचिव लडछु ।

 

कैलालीका बर्तमान पार्टी सभापति शाहबाट साथ पाउछु भन्ने आशा छ ?
आशा छ । किनभने बर्तमान सभापतिको लाइन पनि शेरबहादुर दाईकै लाइन हो । त्यसकारणले मलाई पूर्ण रुपले उहाँको आर्शिर्वाद छ ।

 

तपाईंको उम्मेद्वारी बार्गेनिङ्ग त होइन् ?
पटकै होइन । मेरो कुनै बार्गेनिङ्ग छैन । मलाई पार्टीका केन्द्रिय सदस्यदेखि १२६ वटै वडाका सभापतिलगायत प्रतिनिधिहरु सबैको साथ छ । र मलाई सचिवमा निर्वाचित गराउनुहुन्छ । मलाई त्यही आशा पनि छ ।

 

तपाई अहिले देखिने मायाले मात्रै चुनाब जित्नु हुन्छ त ?
होइन । पार्टीप्रति मेरो योगदान, लगानी, त्याग तपस्या छ । म लामो समयसम्म पार्टीमै लागिरहेको छु । अहिलेसम्म मैले कुनै पदमा आफनो उम्मेद्बारी दिएको छैन । अझै पनि भन्छु म सबल र नबिन काँग्रेस बनाउन चाहान्छु त्यसका लागि मेरो उम्मेद्धारी हो । सबैले यो कुरा बुझ्नु हुन्छ ।

 

तपाईले सचिवमा चितन्नुभयो भन्ने पाटीलाई के के फाइदा हुन्छ ?
म यदि पार्टी सचिवमा निर्वाचित भएँ भने पार्टीलाई सुढृढ गर्न अझ खटिनेछु । स्थानीय तह चुनाव होस वा प्रदेशको चुनाव र केन्द्रिय चुनाव होस तीनै चुनावमा कैलाली काँग्रेसमय बनाउने मेरो प्रयत्न रहने छ । फेरिपनि भन्छु यो काँग्रेसलाई मैले आफनो बुद्धि विवेकले भ्याएसम्म सबल बनाउन सबै अटाउने काँग्रेस बनाउन लाग्नेछु । काङ्ग्रेसप्रती युवाको आकर्षण बढाउन पनि म क्रियाशील हुनेछु ।

 

अहिले काँग्रेसमा युवाहरु आर्कषण बढेको छ उनीहरुलाई व्यवस्थापन गर्न के योजना बनाउनुहुन्छ ?
म आफै युवा भएका कारणले बढी भन्दा बढी युवाहरुलाई म नेपाली काँग्रेसमा आबद्ध गराउछु । सबैलाई भूमिका दिन मेरो प्रयास रहनेछ ।

 

तपाईकै वडा नम्बर १ मा पनि गुट उपगुट छ, त्यहाँबाट कतिको साथ पाउनुहुन्छ ?
मेरो वडा नम्बर १ मा ४११ जना क्रियासिल सदस्य हुनुहुन्छ । ३५ जना प्रतिनिधि, एउटा सभापति, ३६ जनाको प्रतिनिधि आउनुहुन्छ । उहाँहरु सबैले मलाई माया गर्नुहुन्छ । वडा नम्बर १ मा सम्पूर्ण क्रियासिलले माया गर्नुहुन्छ मलाई । उहाँहरुको मप्रति ठूलो विश्वास छ । किन भने उहाँहरुले मलाई तपाई नै सचिवमा आउनुपर्छ भनेर पनि भन्नू भएको छ ।


२५ कात्तिक २०७८, बिहीवार ११:०० बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु