punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलाली र कञ्चनपुरमा जलपंक्षी गणना सुरु

Chaupati
safha napa

कैलाली-कञ्चनपुरका तालतलैया, नदी र सिमसार क्षेत्रमा आजदेखि जलपंक्षी गणना सुरु गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा हिमाली प्रकृति, नेपाल पक्षी संरक्षण सङ्घ, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेचर गाइड एशोसिएशन, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सहभागितामा जलपक्षी गणना सुरु गरिएको हो ।

जलपक्षी गणनामा संलग्नले वाइनाकुलर, टेलिस्कोप, क्यामेरालगायतको प्रयोग गरी गणना गरिरहेको नेपाल पक्षी संरक्षण सङ्घका चराविज्ञ हिरुलाल डगौराले बताए । उनका अनुसार कञ्चनपुरका रानीताल, ताराताल, कालिकिच ताल, बेदकोट, बन्दाताल, पुरैनी ताल, प्याराताल, स्याली नदी, चौधर नदी र सिमसार क्षेत्रमा जलपक्षी गणना भइरहेको छ ।

कैलालीको घोडाघोडी, लौकाभौका, कोइहली ताल, सुनियारुपिया, पुरैना, घोडालगायतका ताल र कर्णाली नदी क्षेत्रलगायतमा चरा गणना भइरहेको छ । केही स्थानमा हात्ती चढेर र डुङगा चढेरसमेत जलपक्षी गणना भइरहेको उनले जानकारी दिए ।

“तालतलैया तथा सिमसार क्षेत्रका रैथाने र आगन्तुक जलपक्षीको अवस्था पत्ता लगाउन, सङ्ख्या अद्यावधिक गर्न, संरक्षणमा स्थानीय समुदाय र सरोकारवाला निकायलाई सहभागी गराइ सचेतना अभिवृद्धि गर्न र संरक्षणमा हातेमालोका गर्न गणनाको कार्य भइरहेको छ”, उनले भने । उनले गत वर्षझैँ जलपक्षी बस्ने तालको अवस्थाका तथा तालबारे जिपिएस लोकेसनबारे जानकारी लिने बताए ।

गत वर्षको गणनामा निकुञ्ज र बाह्य क्षेत्रका तालतलैयामा जलपछी गणनाका क्रममा विश्वकै दुर्लभ सारस, भुडिफोर गरुड, कैले टाउके हाँसलगायत ४८ प्रजातिका चरा देखापरेका थिए । तालतलैयामा जलपक्षीको सङ्ख्या यकिन गर्ने कार्यसँगै सिमसारको अवस्थाबारेमा समेत अध्ययनकार्य हुने डगौराले बताए ।

“जलपंक्षीको अवैधपमा सिकार र सिमसार क्षेत्र मासिँदै जान थालेपछि जलपक्षीको सङ्ख्या घट्दै गएको पाएका छौँ”, उनले भने, “प्राकृतिक तालमा माछापालन हुन थालेपछि जलपंक्षी आउन छाडेका छन् ।” केही जलपंक्षी चिसो छल्नका लागि साइवेरियालगायतका क्षेत्रबाट लामो दूरी तय गरी यो बाटो हुँदै भारत र श्रीलङ्कातर्फ जाने गरेका छन् ।

सिमसार क्षेत्रमा बच्चा कोरलेर जलपक्षी चैतदेखि जेठ महिनासम्म पुनः साइवेरियालगायतका क्षेत्रमा फर्कने गरेका छन् । गत वर्षको गणनामा विश्वकै दुर्लभ सारस, भुडिफोर गरुड, कैले टाउके हाँसलगायत देखापरेका थिए । गत वर्षको अनुगमनमा ५८ प्रजातिका तीन हजार छ सय ४१ वटा जलपक्षी फेला परेका थिए ।


२४ पुस २०७९, आइतवार ०६:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु