punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा आज सुनुवाइ हुँदै

Chaupati
safha napa

जिल्ला अदालतको आदेशविरुद्ध नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले गरेको पुनरावेदनका लागि सुनुवाइको पेसी आजका लागि तोकिएको छ ।

पाटन उच्च अदालतमा दर्ता रहेको पुनरावेदनको सुनुवाइका पेसी आजका लागि तोकिएको हो । यसअघि दुईपटक पेसी तोकिए पनि पहिलोमा सन्दीपका कानुन व्यवसायीले स्थगित गरेका थिए । दोस्रोमा हेर्न उनको पेसी नभ्याइनेमा परेको थियो ।

२० असोजमा पक्राउ परेका सन्दीपलाई काठमाडौं जिल्ला अदालतले फैसला नहुँदासम्मका लागि थुनामा पठाउने आदेश गरेको थियो । उनले थुनाबाहिर रहेर मुद्दा लड्न पाउनुपर्ने माग गरेका छन् ।

गत भदौमा सन्दीपविरुद्ध एक किशोरीले बलात्कारको आरोप लगाएकी थिइन् ।

 


२१ पुस २०७९, बिहीवार १०:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु