punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानमन्त्रीमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक जारी

Chaupati
safha napa

काठमाडौं– भावी प्रधानमन्त्रीका सन्दर्भमा सहमति जुटाउन सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक जारी छ। शनिबार दिउँसो ४ बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको हो।

बैठकमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरु सहभागी छन्। कांग्रेसको तर्फबाट प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा, नेताहरु रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला लगायतका नेताहरु सहभागी छन्।

त्यस्तै, माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु नारायणकाजी श्रेष्ठ, देव गुरुङ लगायत सहभागी छन्। एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र बेदुराम भुसाललगायत सहभागी छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा दाबी गर्नका लागि आइतबार बेलुका ५ बजेसम्मको समय दिएकी छिन्। तर, सत्ता गठबन्धनका दलहरुबीच सुरुमा कसले सरकारको नेतृत्व गर्ने भन्नेमा सहमति जुट्न सकेको छैन। देउवा र प्रचण्डले आफूले नै सुरुमा सरकारको नेतृत्व गर्ने दाबी गरिरहेका छन्।

कांग्रेस र माओवादी केन्द्रका पहिलो र दोस्रो तहका नेताबीच यसबीचमा भएका भेटघाटमा देउवा र प्रचण्डका लागि दाबी र अडान चलिरहेको छ। राष्ट्रपतिले दिएको समयसीमा आउनैलाग्दा दलहरु छलफलमा जुटेका हुन्।


९ पुस २०७९, शनिवार १७:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु