punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

उद्योग क्षेत्रमा देखिएका नीतिगत समस्या समाधान गर्न सरकार तयार छ मन्त्री बडू

Chaupati
safha napa

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले उद्योग क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभएको छ ।

बुधवार नेपाल ट्रेड युनियन कांग्रेसले ललितपुरमा आयोजना गरेको कार्यक्रमा बोल्दै मन्त्री बडूले उद्योग क्षेत्रमा देखिएका नीतिगत तथा अन्य समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभएको हो । उहाँले पछिल्लो समय देशको अर्थतन्त्र सुधार गर्न समस्या भएको बताउनुभयो ।

उहाँले सरकारले देशको आयात तथा निर्यातलाई सन्तुलनमा ल्याउन कोशिस गरिरहेको बताउनु भयो । उहाँले देशभित्र नै औद्योगिक वातावरण बनाएर रोजगारी र उत्पादन बढाउन आवश्यक रहेको बताउनुभयो ।

यस्तै उहाँले उद्योग र श्रमिकका समस्या तथा कानूनमा रहेका कमजाेरीलाई पहिचान गरिदिन पनि आग्रह गर्नुभयाे । मन्त्री बडूले पछिल्लो समय नेपालमा आन्तरिक तथा वैदेशिक लगानी कम मात्रामा आएको भन्दै चिन्ता पनि व्यक्त गर्नुभयो ।


६ पुस २०७९, बुधवार १४:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु