फिफा विश्वकप फुटबल : अर्जेन्टिना विश्व च्याम्पियन
अर्जेन्टिनाले फिफा विश्वकप फुटबल २०२२ मा साविक विजेता फ्रान्सलाई हराउँदै विश्वकपको ट्रफी जितेको छ । फिफा विश्वकपको ट्रफी अर्जेन्टिनाले यो तेस्रोपटक जितेको हो ।
आइतबार राति भएको खेलमा अर्जेन्टिनाका लागि दोस्रो गोल एन्जेल डि मारियाले गरेका थिए । उनले ३६ औं मिनेटमा गरेको गोलले अर्जेन्टिनालाई हाफटाइममा २–० को अग्रता दिलाएका थिए ।
हाफ टाइमअगाडि अग्रता लिएकाे फ्रान्सलाई चुनाैती बने फ्रान्सका किलियन एम्बाप्पे । उनले ८० ओँ मिनेटमा र ८१ औँ मिनेटमा दुई गाेल गरेपछि खेल बराबरीमा पुग्याे । उनकाे पहिलाे गाेल पेनाल्टीमार्फत् थियाे ।
निर्धारित समयमा दुवै टिम बराबरीमा भएपछि खेल अतिरिक्त समयमा धकेलियाे ।
अतिरिक्त समयमा मेसीले अर्जेन्टिनाका लागि तेस्राे र व्यक्तिगत दाेस्राे गाेल गरे । तर एम्बाप्पेले पेनाल्टीमार्फत् गाेल फर्काए ।
त्यसपछि पेनाल्टीमा पुगेकाे खेलमा अर्जेन्टिनाले जित हासिल गरेकाे हाे ।
४ पुस २०७९, सोमवार ००:२७ बजे प्रकाशित































