punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलाली–५ को मतगणना सुरु

Chaupati
safha napa

कैलाली निर्वाचन क्षेत्र नम्बर–५ मा मतगणना सुरु गरिएको छ । मुख्य निर्वाचन अधिकृत अस्वस्थ भएपछि हिजो रोकिएको मतगणना मंगलबार बिहान १० बजेदेखि सुरु गरिएको हो ।

कैलालीका मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्याल बिरामी परेपछि मतगणनामा ढिलाइ भएको जिल्ला निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेम भट्टले जानकारी दिए । निर्वाचनको बढ्दो दौडधुपका कारण उनी बिरामी परेको बताइएको छ । उनलाई प्रेसरको समस्या रहेको जनाइएको छ ।

कैलाली क्षेत्र नम्बर–५ मा ६६ हजार ४३१ मत खसेको छ ।
यहाँ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उमेदवार डिल्लीराज पन्त, नेकपा (एमाले)का नारदमुनि राना, स्वतन्त्र उमेदवार पुष्करनाथ ओझासहित ११ जना चुनावी प्रतिस्पर्धामा छन् ा


६ मंसिर २०७९, मंगलवार १०:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु