punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बढ्यो सुनको मूल्य

Chaupati
safha napa

नेपाली बजारमा सुनचाँदी मूल्य बढेको छ। आइतबार छापावाला सुनको मूल्य प्रति तोला ९७ हजार ३ सय रुपैयाँ कायम भएको छ।

शुक्रबार प्रति तोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ६ सय रुपैयाँले बढेर प्रति तोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ८ सय रुपैयाँ कायम भएको छ।

यता, चाँदी प्रति तोला १ हजार ३ सय रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले बढेको हो। शुक्रबार चाँदी प्रति तोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।

 


२७ कात्तिक २०७९, आइतवार ११:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु