punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ओलीले भने देउवालाई‘गृहमन्त्री हुँदा १२२ जना मान्छेको हत्या गर्नुभयो’

Chaupati
safha napa

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्माओलीले एमालेले देशको स्वाधीन अर्थतन्त्रका लागि बनेको पार्टी एमाले भएको बताएका छन् । एमाले जनताका नाममा आतङ्क मच्चाउने पार्टी नभइ देशमा विकास र समृद्धि ल्याउने पार्टी रहेको ओलीले बताए । 

चुनावी सभालाई सम्बोधन गर्न दैलेखको जम्बुकाँध पुगेका ओलीले पाँचपटक प्रधानमन्त्री बनेका शेरबहादुर देउवालाई के काम गर्नुभयो ? भन्दै प्रश्न गरे ।  उनले आफ्नो पार्टीले नै सबै काम गरेको दाबी गरे । उनले देउवा गृहमन्त्री हुँदा मान्छेहरू मारेको आरोप लगाए ।

उनले भने,‘ देउवाले के गर्नुभयो ? गृहमन्त्री हुँदा सर्वसाधारण १२२ जनालाई गोली हानेर हत्या गर्नुभयो । ५० प्रतिशत एमाले कार्यकर्तालाई पक्राउ गर्नुभयो ।’


२७ कात्तिक २०७९, आइतवार १५:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु