भूकम्पले क्षतिग्रस्त गैराका तस्बिरहरु

भूकम्पका कारण डोटीमा ६ जनाको ज्यान जानुका साथै ५ जना घाइते भएका छन् । डोटी केन्द्रबिन्दु भएर मंगलबार मध्यरात २ बजेर १२ मिनेटमा गएको भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टका अनुसार भूकम्पले पूर्वी चौकी गाउँपालिका–३ को गैरा गाउँमा घर भत्किदा ६ जनाको मृत्यु भएको हो । सोही ठाउँमा भूकम्पले घर भत्काउँदा ५ जना घाइते भएका छन् ।
२३ कात्तिक २०७९, बुधवार १२:५१ बजे प्रकाशित