Alok

शेखरचन्द्र थापाको निधनमा प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश नम्बर १ का वन, वातावरण तथा भूसंरक्षणमन्त्री शेखरचन्द्र थापाको निधनमा दुःख व्यक्त गरेका छन् ।

मोरङ ३ ९१० का कांग्रेस उम्मेदवार समेत रहेका थापाको निधनले आफू स्तब्ध भएको देउवाले बताएका छन् ।वनमन्त्री थापाको बुधवार बिहान नोबेल अस्पतालमा उपचारका क्रममा निधन भएका हो ।

‘प्रदेश १ का वन, वातावरण तथा भूसंरक्षण मन्त्री एवं मोरङ क्षेत्र नम्बर ३ (क) का नेपाली कांग्रेसका उम्मेदवार शेखरचन्द्र थापाजीको निधनको खबरले स्तब्ध भएको छु । उनको आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु,’ देउवाले जारी गरेको शोक सन्देशमा भनिएको छ ।

 


२३ कात्तिक २०७९, बुधवार १३:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु