Alok

प्रधानमन्त्री कप : प्रदेश-१ र बाग्मती तथा एपीएफ र सुदूरपश्चिम खेल्दै

प्रधानमन्त्री कप पुरुष एक दिवसीय क्रिकेटमा आज पनि दुई वटा खेल हुँदैछन् । कीर्तिपुर मैदानमा समूह ‘बी’ मा रहेको प्रदेश एक र बाग्मती प्रदेशबीच खेल हुँदैछ । यी दुई टोलीबीचको खेल बिहान साढे ९ बजे सुरु हुनेछ ।

त्यस्तै, आज हुने अर्को खेलमा समूह ‘ए’ का एपीएफ र सुदूरपश्चिम प्रदेशबीच खेल हुनेछ । यो खेल मूलपानीमा बिहान साढे ९ बजे सुरु हुनेछ । आइतवारदेखि सुरु भएको प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा एपीएफ, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश तथा समूह ‘बी’ मा पुलिस क्लब, बाग्मती प्रदेश, लुम्बिनी प्रदेश, मधेस प्रदेश र प्रदेश–१ रहेका छन् । प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ । यस्तै, उपविजेताले ५ लाख र सेमिफाइनलमा पुग्ने टोलीले ५० हजार रुपैयाँ पाउने छन् ।


१५ कात्तिक २०७९, मंगलवार ०८:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु