punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

६० वर्ष कटेका उम्मेदवारलाई मतदान नगर्ने दीपकराज गिरीको घोषणा

Chaupati
safha napa

अभिनेता दीपकराज गिरीले ६० वर्ष उमेर कटेका उम्मेदवारलाई मतदान नगर्ने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै दीपकले दलका शीर्ष नेतालाई मतदान नगर्नेतर्फ संकेत गरे ।

किनभने शीर्ष नेताहरुको उमेर ६० भन्दा माथि छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावलाई लक्षित गर्दै कुनै नेपाली सेलिब्रिटीको यस्तो अभिव्यक्ति आएको हो ।

दीपक लेख्छन्, ‘सबै फूल गुलाफ हुँदैनन् । सबै स्वतन्त्र बालेन हुँदैनन् । आफ्नो भोट खेर फाल्दिन । ६० कटेकालाई हाल्दै हाल्दिन ।’

पछिल्लो समय शीर्ष नेताहरुलाई लक्षित गर्दै ‘नो नट अगेन’ चलिरहेको र आइतबार युवाहरुको चर्चित फेसबुक समूह एमआरआरलाई निष्क्रिय तुल्याइएको सन्दर्भमा दीपकको यस्तो अभिव्यक्ति बाहिर आएको हो ।

 

 


१३ कात्तिक २०७९, आइतवार २०:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु