शौचालयमा मृत भेटिए एमाले नेता बालकृष्ण ढुंगेल
एमाले नेता बालकृष्ण ढुंगेल आफ्नै निवासको शौचालयमा मृत भेटिएका छन् । उनी गठ्ठाघरस्थित घरमा एक्लै थिए । उनको शौचालयमा लडेर मृत्यु भएको हुनसक्ने प्रहरीले प्रारम्भीक अनुमान गरेको छ । ढुंगेलको मृत्युबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
शव निकाल्न र पोस्टमार्टम गर्न परिवारका सदस्यलाई पर्खिरहेको घटनास्थलमा पुगेका एक प्रहरी अधिकृतले बताए । सशस्त्र द्वन्द्वकालमा उज्जन श्रेष्ठको हत्यामा संलग्नताको कशुरमा सर्बोच्च अदालतले उनलाई जन्मकैदको सजाय तोकेको थियो ।
तर, नेकपाकालीन समयमा आममाफी दिएर उनी जेलमुक्त भएका थिए । माओवादी द्वन्द्वकालका सक्रिय नेता ढुंगेल नेकपा विभाजनका बेला एमालेमै रहेका थिए ।
२२ असोज २०७९, शनिवार १३:५५ बजे प्रकाशित













