कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आज स्वास्थ्य तालिम केन्द्र धनगढीमा एक कार्यक्रमको आयोजना गरी मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । कार्यालयको उद्घाटन निर्वाचन आयुक्त डा.जानकी तुलाधरले गरेकी हुन् ।
निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टका अनुसार आसन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । असोज २३ गते प्रत्यक्षतर्फको मनोनयन दर्ता गर्ने मिति तय भएकाले निर्वाचन कार्यक्रमअनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको उनले बताए ।
कार्यालयले निर्वाचन कार्यतालिका अनुसार निर्वाचनका सम्पूर्ण काम अघि बढाउने र निर्वाचन आचारसंहिता पालना गरे, नगरेको भनेर अनुगमन गर्नेछ ।
२० असोज २०७९, बिहीवार १८:१० बजे प्रकाशित































