सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले दिए दशैँको शुभकामना
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशवासीलाई दशैँको शुभकामना दिएका छन्। मुख्यमन्त्री भट्टले बडादशैँको उपलक्ष्यमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामनासहित आपसी एकता, सद्भाव कायम होस् भनी शुभकामना व्यक्त गरेका हुन्।
शुभकामना सन्देशमा मुख्यमन्त्री भट्टले दशैँ जस्ता पर्वले सबै नेपालीलाई एकताको सूत्रमा आवद्ध गरी विविधताका बीच एकता, धार्मिक सहिष्णुता, आपसी सद्भाव तथा भ्रातृत्व कायम गर्न सहयोग पुगेको उल्लेख गर्दै यस पर्वले सम्पूर्ण नेपालीमा उमङ्ग उत्साह र हौसला छाओस् भनी शुभकामना व्यक्त गरेका छन्।

१९ असोज २०७९, बुधवार ०९:२८ बजे प्रकाशित































