राष्ट्रपतिविरुद्ध दायर रिटको आज दोस्रो दिनको पेसी

नागरिकता विधेयक प्रमाणीकरण नगरेर निष्क्रिय बनाएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध दायर रिटको आज दोस्रो दिनको पेसी हरिप्रसाद फुयालको एकल इजलासमा परेको छ ।

शुक्रबार न्यायाधीश डा। मनोजकुमार शर्माको इजलासमा सुनुवाइ तोकिएकोमा त्यो दिन सुनुवाइ भएन ।

नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयका नाममा आदेश जारी गर्न मागसहित सर्वोच्चमा ५ रिट दर्ता भएका छन् ।

तीमध्ये देव शर्मा, शोनु रौनियार र अधिवक्ता सुनिलकुमार यादव एकल निवेदक छन् भने अधिवक्ता सागर बराल र अधिवक्ता डा. सुनिलरन्जन सिंहले संयुक्तरूपमा रिट निवेदन दर्ता गरेका थिए ।


९ असोज २०७९, आइतवार १२:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु