बझाङको सेती नदीमा बेवारिस शव फेला

सेती नदीमा बेवारिस शव फेला परेको छ। जिल्लाको केदारस्युँ गाउँपालिकाको चौडाम बगर नजिकै सेती नदीमा अन्दाजी ३० वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।

बुधवार साँझ स्थानीयले उक्त शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। थप अनुसन्धानको लागि शवलाई जिल्ला प्रहरी कार्यालयमा लगिएको छ।


९ भदौ २०७९, बिहीवार १०:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु