punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पहिलो पटक अव अछाममै एचए पढाइ सुरु हुने

Chaupati
safha napa

अछाममा प्राविधिक शिक्षा अन्तरगत स्वास्थ्यतर्फ पहिलोपटक एचए पढाई सुरु हुने भएको छ। हालसम्म जिल्लामा स्वास्थ्यतर्फ प्राविधिक शिक्षा सुरु नभएको जिल्लामा यस वर्षदेखि पढाई सुरु हुने भएको हो।

अछाम जिल्लाको सदरमुकाम मंगलसेनमा प्राविधिक शिक्षा अन्र्तगत सामान्य चिकित्सा एचए अध्ययनका लागि बाटो खुल्ला भएको हो। प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदले एचए अध्यापनका लागि अनुमती दिएको छ। परिषद्ले मंगलसेन बहुप्राविधिक शिक्षालयलाई शैक्षिक सत्र २०७९ ०८० मा सामान्य चिकित्सा प्रमाण पत्र तह ९एचए० मा ४० जनाका लागि कोटा निर्धारण गरेको छ।

सामाजिक अभियान्ता तथा जिल्ला स्थित सरोकारवालाहरुको पहलमा प्राविधिक धार स्वास्थ्यतर्फ एचए अध्यापन हुने भएको हो।

हालै मात्रै परिषदबाट सम्बन्धन प्राप्त गरेकाले मंगलसेन बहुप्राविधिक शिक्षालयको आवश्यक सहजकिरण तत्कालका लागि मंगलसेन नगरपालिकाले गर्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र सोडारीले बताए।

परिषदको आंगिक शिक्षालयका रुपमा रहेको मंगलसेन बहुप्राविधिक शिक्षालयले अनुमती पाएसँगै ४० जना सिट संख्यामा भर्नाका लागि प्रवेश परीक्षाको आह्वान गरेको छ।

 


८ भदौ २०७९, बुधवार १२:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु