पल शाह मुद्दामा आज सुनुवाइ हुँदै
बलात्कार अभियोगमा थुनामा रहेका अभिनेता पूर्णविक्रम शाह पलको मुद्दामा आज सुनुवाइ हुँदैछ । नवलपुर जिल्ला अदालतले आज र तनहुँ जिल्ला अदालतले १५ भदौका गतेका लागि पेसी तोकेको हो ।
न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासमा नवलपुर जिल्ला अदालतमा यो मुद्दामा सुनुवाइ हुँदैछ ।
१५ फागुनमा नाबालिकामाथि करणी गरेको भन्दै पल शाह पक्राउ परेका थिए । उनी अहिले पुर्पक्षका लागि तनहुँ कारागारमा छन् ।
पेसी तोकिएसँगै अदालतबाट शाह धरौटीमा छुट्नेछन् वा थुनामा रहेर मुद्दा लड्नेछन् भन्ने कुराको निर्णय १५ भदौमा हुनेछ ।
८ भदौ २०७९, बुधवार १४:४६ बजे प्रकाशित












