punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीको दृष्टि फाउण्डेशनलाई खप्तड छेडेदहद्वारा आर्थिक सहयोग

Chaupati
safha napa

धनगढीमा रहेको दृष्टि फाउण्डेशसनलाई बाजुरा खप्तड छेडेदह गाउँपालिका जनप्रतिनिधिहरुले आर्थिक सहयोग गरेका छन् । फाउण्डेनशनमा पुगेर खप्तड छेडेदह गाउँपालिका वडा नम्बर एक अध्यक्ष विरबहादुर रावल, वडा नम्बर २ का वडा अध्यक्ष भक्तबहादुर बुढा, वडा नम्बर ३ का वडा अध्यक्ष विर्कबहादुर रावतले संयुक्त रुपमा आर्थिक सहयोग गरेका हुन् ।

उनीहरुले ८ हजार रुपैयाँ फाउण्डेशनका व्यवस्थापक चन्दा तिरुवालाई संयुक्त रुपमा बुधबार हस्तान्तरण गरेका हुन । हस्तान्तरण कार्यक्रममा वडा नम्बर एकका वडा सदस्य बहादुर रोकाया, र बाजुरा वडीमालिकाको पुर्व उपमेयर कविता विष्ट, शिक्षक एवं समाजसेवी टेकबहादुर रोकायाको पनि सहभागिता रहेको थियो । उनीहरुले फाण्डेशनलाई आफ्नो सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

गाउँपालिका वडा नम्बर १ लुगेनाको ओडारमा बस्दै आएकी जलुदेवी बुढालाई साथमा ल्याएर उनीहरू धनगढी पुगेका थिए । सामाजिक अभियन्ता यशोदा भट्ट ‘चोखाल’ र दृष्टि फाउण्डेशनकी सञ्चालक कल्पना भट्टको अग्रसरता तथा वडा अध्यक्ष रावलको पहलमा गत शुक्रबार बुढाको उद्धार गरिएको थियो ।


१ भदौ २०७९, बुधवार १७:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु