सुदूरपश्चिम प्रदेशमा भारी वर्षा

आज प्रदेश १, बाग्मती गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, ४ प्रदेशका केही स्थानमा हल्का, मध्यम र भारी वर्षाको सम्भावना छ । खासगरी पहाडी भूभागमा वर्षा हुने मौसमविद्ले बताएका छन् ।

प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अहिले पनि वर्षा भइरहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । भीषण वर्षाका कारण कतिपय ठाउँमा भूक्षय, बाढी र पहिरोको जोखिम पनि छ ।


२१ साउन २०७९, शनिवार ११:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु