सुदूरपश्चिममा बढ्दै अपराधका घटना, ५ वर्षमा ज्यान मार्ने उद्योगमा २५ सय मुद्दा दर्ता
सुदूरपश्चिम प्रदेशमा अपराधका घटनामा वृद्धि भएको प्रहरीको तथ्यांकले देखाएको छ । प्रदेशमा पाँच बर्षमा अवधिमा करिव १४ हजार अपराधका घटना सार्वजनिक भएका छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार प्रदेशमा २०७४/७५ देखि ०७८/७९ सम्म १३ हजार ९४१ अपराधका घटना भएका छन् । यो अपराधका सवारी र विविध् घटनासहितको तथ्यांक हो ।
तथ्यांक अनुसार ज्यान मार्ने उद्योग अन्तर्गत ५ वर्षमा २ हजार ५०७ वटा घटना दर्ता भएका छन् । जसमध्ये ०७४/०७५ मा ४ सय, ०७५/०७६ मा ४१४, ०७६/०७७ मा ५०४, ०७७/०७८ मा ५८७ र ०७८र०७९ मा ६०२ वटा घटना भएका छन् ।
यस्तै आत्महत्या दुरुत्साहन अन्तर्गत २ हजार ७८० घटना भएका छन् । जसमध्ये ०७४र०७५ मा ४७८, ०७५र०७६ मा ५००, ०७६र०७७ मा ५४७, ०७७र०७८ मा ६७८ र ०७८र०७९ मा ५७७ घटना भएका छन् ।
सङ्गठित तथा आर्थिक अपराध अन्तर्गत एक हजार ४६१ वटा घटना भएका छन् । जसमा २०७४र०७५ मा १८४, ०७५र०७६ मा २१६, ०७६र०७७ मा २५४, ०७७र०७८ मा ३७१ र ०७८र०७९ मा ४३६ घटना भएका छन् ।
डाँका चोरी अन्तर्गत ५ वर्षमा ७३७ वटा घटना सार्बजनीक भएको तथ्यांक छन् । जसमा ०७४र०७५ मा ७८, ०७५/०७६ मा १७२, ०७६/०७७ मा १५६, ०७७/०७८ मा १५४ र ०७८/०७९ मा १७७ घटना भएको तथ्यांक छ ।
यस्तै सामाजिक अपराधमा जम्मा तीन हजार ४६५ वटा घटना भएका छन् । जसमध्ये ०७४/०७५ मा ५४७, ०७५/०७६ मा ६३२, ०७६/०७७ मा ८५३, ०७७र०७८ मा ६१७ र ०७८/०७९ मा ७८९ घटना भएका छन् ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिकविरुद्ध अपराध अन्तर्गत १ हजार ८८७ घटना भएका छन् । जसमध्ये ०७४/०७५ मा २३८, ०७५/०७६ मा ३७३, ०७६/०७७ मा ३५९, ०७७/०७८ मा ४८३ र ०७८/०७९ मा ४३४ घटना भएका छन् ।
यस्तै, सवारी दुर्घटना अन्तर्गत ५ वर्षमा ७८५, विविध घटना अन्तर्गत १५५ र अन्य घटना अपराधिक घटना अन्तर्गत १३५ घटना भएको तथ्यांक छ । समग्र वर्षको हिसावले ०७४/०७५ मा २ हजार १३०, ०७५/०७६ मा २ हजार ५६२, ०७६/०७७ मा २ हजार ८८०, ०७७/०७८ मा ३ हजार १४१ र ०७८र०७९ मा ३ हजार २२८ घटना भएका छन् ।
पछिल्लो समय सामाजिक सञ्जालको बढ्दो दुरुपयोग, गलत मनोवृत्ति मायाप्रेममा हुने बिफलता लगायतका थुर्पै कारणले अपराधका घटनामा वृद्वि भएको नागरिक बताउँछन् ।
धनगढी उपमहानगरपालिका वडा नम्बर– ३ का स्थानीय लोकेन्द्र सिंह विष्टले नैतिक शिक्षाको कमिले गर्दा पनि अपराध बढ्दै गएको बताए । मानिसहरुमा शैक्षिक शिक्षा भए पनि नैतिक शिक्षा हुन नसक्दा घट्नाहरु बढ्दै गएको बताए ।
‘मानिसहरुमा विद्यालयबाटै मात्रै नभई सानैबाट घर परिवारबाट शिक्षा दिन आवश्यक छ,’ उनले भने, ‘यसमा हामी आफैँले भने ध्यान दिन सक्नुपर्छ।’ यस्तै घटना कमगर्न प्रहरी सक्रिय भएर अपराध अनुसन्धानमा लाग्नुपर्ने उनको बुझाइ छ ।
जनसंख्या वृद्धि, सामाजिक सञ्जालको गलत प्रयोग, अशिक्षा, माया प्रेममा धोका, लागुऔषधको प्रयोग र आर्थिक कारणलगायतले अपराधका घटनामा वृद्धिमा भएको पाइन्छ ।
धनगढी उपमहानगरपालिका २ का स्थानीय प्रयागराज जोशीले बढ्दो जनसंख्यासंगै सामाजिक सञ्जालको दुरुपयोगलगायतका कारण अपराधिक क्रियाकलाप बढ्दै गइरहेको बताए । ‘सामाजिक सञ्जाललाई व्यवस्थित बनाउन एउटा नियम कानुन बनाउन अतिनै आवश्यक छ,’ उनले भने, ‘यसमा प्रहरीको सक्रियता पनि त्यत्तिकै जरुरी छ ।’
प्रहरीको सक्रियता बजारमुखी भन्दा ग्रामिण क्षेत्रतिर पनि हुन आवश्यक रहेको उनको भनाइ छ । ‘समाजमा नयाँ मान्छे आउँदा समाजले वाच गर्न जरुरी रहेको देखिन्छ,’ उनले भने, ‘अब त घर भाडामा बस्ने मानिसरहरुलाई पनि परिचय खुल्ने कागजात लिएर मात्रै भाडामा बसाउनुपर्छ ।’
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक भोलाबहादुर रावलले पछिल्लो समय आपराधका घट्नामा अत्यधिक वृद्धि भएको बताए । ‘सामाजिक सञ्जालको दुरुपयोग, लागुऔषध, अशिक्षा, आर्थिक कारणलगायतले अपराधका घट्ना बढेको देखिन्छ, एकरदुइ केसबाहेकाका धेरै केसमा प्रहरी सफल भएको छ,’ उनले भने ।
अपराधका घटनामा सबैभन्दाबढी १८ देखि ४० वर्ष उमेर समूहका मानिसहरू संलग्न भएको पाइएको छ । अपराध बढी जस्तो चिनेजानेकै मानिसहरुबाट घट्ने गरेको उनले बताए ।
अपराधका घटना न्यूनीकरणका लागि नेपाल प्रहरीले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रमहरू गर्दै आएको उनले बताए ।
२१ साउन २०७९, शनिवार ०९:२४ बजे प्रकाशित













