Alok

दक्षिण कोरियाको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, ३७ घाइते

दक्षिण कोरियाको राजधानी सियोलबाट करिब ५० किलोमिटर दक्षिणपूर्वमा रहेको इचेनस्थित एक अस्पतालको भवनमा भएको आगलागीमा परी पाँच जनाको मृत्यु भएको छ भने अन्य ३७ जना घाइते भएका छन् ।

स्थानीय समयानुसार बिहान १०M१७ बजे चार तले भवनमा आगलागी भएको थियो । त्यस भवनको चौथो तल्लामा डायलासिस बिरामीहरू उपचाररत छन\ भने दोस्रो र तेस्रो तल्लामा  कार्यालयहरू छन् ।

अस्पतालमा ३३ बिरामी र १३ जना स्वास्थ्यकर्मीमध्ये kfFr जनाको मृत्यु भएको थियो । तीन जना बिरामी र एक नर्स थिए भने बाँकी एकको पहिचान हुन सकेको छैन ।


२० साउन २०७९, शुक्रवार १५:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु