punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

Chaupati
safha napa

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको पुनर्वास नगरपालिका ११ टाउन बजारमा हिजो बेलुकी मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पुनर्वास नगरपालिका ५ का ५३ वर्षीय गोपाल आचार्य रहेका प्रहरीले जनाएको छ । धनगढीस्थित निसर्ग अस्पतालमा उपचारको क्रममा आचार्यको गएराति ९ बजे मृत्यु भएको प्रहरी चौकी परासन कञ्चनपुरले जनाएको छ ।

डोकेबजारबाट टाउन बजारतर्फ जाँदै गरेको से ६ प २२३० नम्बरको मोटरसाइकल हिजो बेलुकी पौने ९ बजे पल्टिएको थियो ।


१९ साउन २०७९, बिहीवार ०९:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु