punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अमेरिकी ड्रोन आक्रमणमा अल कायदाका नेता अल जवाहिरीको मृत्यु

Chaupati
safha napa

आतंकवादी समूह अल कायदाका नेता अल जवाहिरीको हत्या गरिएको छ । अमेरिकाले अफगानिस्तानको काबुलमा ड्रोन आक्रमण गरेर जवाहिरीको हत्या गरिएको अमेरिकी राष्ट्रपती जो बाइडेनले पुष्टी गरेका हुन् ।

गोप्य सूचनाको आधारमा आइतबार अमेरिकाले ड्रोन हमला गरेको बीबीसीले जनाएको छ । सन् २०११ मा अमेरिकाले ओसामा बिन लादेनको हत्या गरे पछि जवाहिरीले अल काइदाको नेतृत्व गर्दै आएका थिए । त्यसपछि पनि जवाहिरीलाई ओसामाको दाहिने हात भनेर चिन्ने गरिन्थ्यो ।

मिडिया रिपोर्टका अनुसार अमेरिकाको गुप्तचर विभाग सिआईएको टोलीले जवाहिरी माथि ड्रोन हमला गरेको थियो । तालिबान नेतृत्वको सैन्य सरकार आए देखिनै जवाहिरी अफगानिस्तानमा बस्दै आएको जनाइएको छ ।

अल जवाहिरीको हत्यापछि अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रका नाममा सम्बोधन गर्दै हामी अमेरिका र त्यहाँका जनतालाई कुनै खतरामा राख्ने कुनै पनि आतंककारीलाई नछोड्ने बताएका छन् ।

‘हामीले जवाहिरीलाई फेला पारेका छौं र मारेका छौं। हामी अमेरिका र त्यहाँका जनतालाई कुनै खतरा छोड्ने छैनौं। हामी अफगानिस्तानमा आतंकवाद विरुद्दको आक्रमण जारी राख्नेछौं।’ अमेरिकाले अफगानिस्तानमा ड्रोन आक्रमण गरेसँगै तालिबानले उक्त हमलाले दोहा सम्झौता उलङ्घन गरेको भन्दै असनतुष्टी जताएको छ ।


१७ साउन २०७९, मंगलवार ११:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु