punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डडेल्धुरा अस्पतालमा पाँचदिने नि:शुल्क शल्यक्रिया शिविर

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशको डडेल्धुरामा पाँचदिने निस्शुल्क शल्यक्रिया शिविर सञ्चालन गरिएको छ। डडेल्धुरा अस्पतालमा विज्ञ शल्य चिकित्सकद्वारा निःशुल्क शिविर सञ्चालन गरिएको हो।

शिविरको एक समारोहकाबीच प्रदेशका सामाजिक विकासमन्त्री गोविन्दराज बोहोराले उद्घाटन गरेका थिए। उक्त अवसरमा बोल्दै मन्त्री बोहराले प्रदेश सरकारले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए।

उनले सडक निर्माणलगायतका काम एकवर्ष ढिला भए पनि केही नहुने तर, स्वास्थ्य उपचार नपाए मानिसले ज्यान गुमाउनुपर्ने अवस्था भइकाले प्रदेश सरकारले स्वास्थ्यलाई प्राथमिकतामा राखेको दाबी गरे।

उनले आम नागरिकलाई समयमै उपचार पाउने गरि प्रदेश सरकारले स्वास्थ्यका संरचना निर्माण र व्यवस्थापनमा जोड दिएको बताए। निस्शुल्क शिविरमा आगोले पोलेका, ओठ, तालु फाटेकाहरुको शल्यक्रिया गरिने जनाइएको छ।


१७ साउन २०७९, मंगलवार १२:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु