एसईईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक जारी
माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक बसिरहेको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयमा बैठक बसिरहेको हो ।
बैठक सकिएलगत्तै नतिजा सार्वजनिक गर्ने तयारी छ । कोरोनाका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ गतेदेखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो ।
२ हजार ७ परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका २ लाख ५७ हजार ९२४ छात्रा र २ लाख ५७ हजार ५३ छात्र गरी ५ लाख १४ हजार ९७७ परीक्षार्थीले परीक्षा दिएका थिए ।
११ साउन २०७९, बुधवार १५:०७ बजे प्रकाशित































