लगातारको वर्षाले डोटीका सडक अवरुद्ध

डोटी लगातारको भइरहेको वर्षाले यहाँका ग्रामीण क्षेत्रका सडक अवरुद्ध भएका छन् । वर्षाले ठाउँ–ठाउँमा पहिरो तथा सडक हिलाम्य भएपछि ती क्षेत्रमा सवारीसाधन सञ्चालन हुन छाडेका छन् ।

वर्षाले यहाँका ग्रामीण सडक भत्किएका तथा बिग्रिएका कारण सञ्चालन गर्न समस्या भइरहेको शैलेश्वरी यातायात प्रालिका प्रमुख प्रेमबहादुर रावलले जानकारी दिए ।

बिग्रिएका सडकमा स्काभेटर लगाएर सञ्चालन गर्न खोजिए पनि वर्षा नरोकिएका कारण अहिलेसम्म यहाँका ग्रामीण सडक सञ्चालनमा ल्याउन नसकिएको बताइएको छ । गाउँका सडकमा यातायातका साधन सञ्चालन हुन बन्द भएपछि अहिले यहाँका किसानले उत्पादन गरेका तरकारी बजारसम्म लैजान नपाउँदा बारीमै कुहिन थालेको जोरायल –५ का किसान लीलाधर विष्टले बताए ।

यसैगरी वर्षात्ले गाउँका सडक अवरुद्ध हुँदा स्थानीयवासी तथा किसानलाई निकै सास्ती भएको छ । यहाँका गाउँघरमा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न पनि समस्या भएको निरौलीका स्थानीयवासी सुरेन्द्रबहादुर बोहराले जानकारी दिए ।


२६ असार २०७९, आइतवार ०९:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु