punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अत्तरिया बसपार्कमा सेनाले बोर्ड राख्यो

Chaupati
safha napa

नेपाली सेनाले अत्तरिया बसपार्कमा आफ्नो बोर्ड राखेको छ । बोर्ड मा सूचना उल्लेख गरेको छ । सूचनामा नेपाली सेनाको भोगाधिकार प्राप्त जमिन भनेर लेखिएको छ ।अत्तरिया बसपार्क उत्तर पट्टी का ६१ घर सहितको भुभाग सेनाले लिने चर्चा को बिच सेनाले बोर्ड राखेको छ ।

सेनासँग समस्या समाधानको लागि स्थानीय सरकारले पनि पहल जारी राखेको बुझिएको छ । गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्ट अहिले काठमाडौं छन् । उनले पनि यो समस्या समाधान को लागि पहल गरिरहेको बुझिएको छ ।

यद्यपि यो बिषय स्थानीय सरकारले मात्रै समाधान गर्न नसक्ने हुँदा केन्द्र सरकारले नै निर्णय गर्नुपर्ने जानकारहरुले बताएका छन् । नेपाली सेनाले आफ्नो प्रयोजन को लागि उक्त भु-भाग निकै पहिले सेनाले लिएको बुझिएको छ ।


१८ असार २०७९, शनिवार १३:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु