एमालेले बोलायो सचिवालय बैठक
प्रमुख विपक्षी दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । केन्द्रीय कार्यालय च्यासलमा आइतबार बिहान ११ बजेका लागि सचिवालय बैठक आह्वान गरिएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
उनका अनुसार आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाइएको हो ।
१८ असार २०७९, शनिवार १३:१५ बजे प्रकाशित






























