धनगढी उपमहानगरले कार्यपालिका बैठकमा मिनिरल वाटर प्रयाेग नगर्ने
धनगढी उपमहानगरपालिकाले कार्यपालिका बैठकमा मिनिरल वाटर प्रयोग नगर्ने भएको छ।स्थानीयले दिएको सुझावका आधारमा उपमहानगरपालिकाका मेयर गोपाल हमालले अबदेखि बैठकमा मिनिरल वाटर प्रयोग नगर्ने जानकारी दिए। उनकाअनुसार बैठकमा सामान्य पिउने पानी प्रयोग गरिने छ।
सामाजिक सञ्जाल फेशबुकमा मेयर हमालले लेखेका छन्, ‘बैठकहरूमा मिनरल वाटर प्रयोग नगर्न सल्लाह दिई तामाको गिलासमा खानेपानी प्रयोग गर्न सुझाव दिनु भएकोमा के.आर.भट्ट ज्यूलाई धन्यवाद।
उहाँको सुझाव पढेर उपमहानगरपालिकाको हिजोको कार्यपालिका बैठकमा मैले सुनाए। कार्यपालिकाका सबै सदस्यहरूले बैठकमा मिनरल वाटर प्रयोग नगरि सामान्य खानेपानी प्रयोग गर्ने प्रतिबद्धता गर्नु भयो।’
२४ जेठ २०७९, मंगलवार १६:४० बजे प्रकाशित












