सांसद गंगा चौधरीले संसदमै भनिन्- मन मिले प्रेम, नमिले बलात्कार
sf7df8f}F,@# h]7 M
k|ltlglw;ef a}7sdf ;f+;b rf}w/L
;+3Lo ;+;b ejg gofFafg]Zj/df ;f]daf/ a;]sf] k|ltlglw;ef a}7sdf wf/0ff /fVb} ;f+;b u+uf rf}w/L . M rG›snf If]qL÷/f;;
बलात्कार तथा यौनजन्य हिंसाको उजुरी दिने हदम्याद बढाउनुपर्ने बहस चलिरहेको बेला एमाले सांसद गंगा चौधरीले भावनामा बहकिएर कानुन नबनाउन सरकारलाई अनुरोध गरेकी छिन् ।
सांसद चौधरीले संसदमा बोल्दै मन मिलुन्जेल प्रेम सम्बन्ध र मन नमिलेपछि बलात्कारका मुद्दा लगाउने प्रवृति बढेको दाबी गरिन् । हदम्याद बढाएमा यस्तो प्रवृति झनै बढ्ने उनको जिकिर छ ।
संसदमा पूर्वसभामुख कृष्णबहादुर महरा र अभिनेता पल शाहको उदाहरण दिँदै उनले प्रेम सम्बन्धलाई बलात्कारको आरोप लाउने प्रवृत्ति बढेको जिकिर गरिन् ।
‘महिला हुँ भन्दैमा महिलाको भावनामात्र बुझ्ने होइन, पुरुषको भावना पनि बुझ्नुपर्छ । अस्ति भर्खरकै केस पल शाह र गायिकाको कुरा जबसम्म मन मिल्यो लभको संज्ञा दिने, स्वार्थ पूरा भएन भने बलात्कारको संज्ञा दिने । हामीले यही सदनका पूर्वसभामुखको घटना पनि हेरेका थियौँ, स्वार्थ मिलुन्जेल कसैलाई पत्तो थिएन, स्वार्थ नमिलेपछि बलात्कारको संज्ञा दिएर ६/६ महिना जेलमा कोचियो,’ सांसद चौधरीले भनिन् ।
बलात्कार मुद्दामा हदम्याद हटाएमा अदालतमा मुद्दाको चाङ लाग्ने जिकिर पनि उनले गरिन् । महिलाको पक्षमा मात्र नभई पुरुषको पक्षमा पनि कानुन बनाउनुपर्ने उनको भनाइ थियो ।
२३ जेठ २०७९, सोमवार १७:०४ बजे प्रकाशित












