punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मोटरसाइकल र भ्यान ठोक्किँदा एक जनाको मृत्यु

Chaupati
safha napa

दोलखाको भिमेश्वर नगरपालिका–४ अनाथालय स्थित सडकमा आज बिहान भ्यान र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक दोलखाको भिमेश्वर नगरपालिका–५ जिलुका अन्दाजी ३३ वर्षीय उमेश श्रेष्ठ रहेका छन् । मोटरसाइकलमा पछाडी बस्ने महिला घाइते भएकी छन् । दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको उपचारको क्रममा चरिकोट अस्पतालमा मृत्यु भएको हो । घाइते भएकी मोटरसाइकलमा पछाडी सवार श्रेष्ठकी ३२ वर्षीया श्रीमती सजिताको सोही अस्पतालमा उपचार भइरहेको छ ।

चरिकोटबाट तामाकोसी तर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ५९१९ नम्बरको पिक अप भ्यान र विपरीत दिशाबाट आँउदै गरेको श्रेष्ठ दम्पती सवार बा ७५ प ४५२१ नम्बरको मोटरसाइकल आज बिहान साढे ७ बजे ठोक्किएका थिए ।


२२ जेठ २०७९, आइतवार १५:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु