जात्राका अवसरमा भोलि सार्वजनिक विदा
सरकारले भोटो देखाउने जात्राका अवसरमा भोलि सार्वजनिक विदा दिएको छ । गृहमन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै शनिबारका लागि सार्वजनिक विदा दिइएको जानकारी दिएको छ ।
रातो मच्छिन्द्र नाथको रथ र मीननाथको रथ ललितपुरको लगनखेल, थटी चोकबाट जावालाखेल पुगेको तथा जावालाखेल पुगेको चौथो दिन भोटो देखाउने परम्परा छ । शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भोटो देखाउने जात्रा सञ्चालन हुनेछ ।
२० जेठ २०७९, शुक्रवार १६:३७ बजे प्रकाशित































