punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अछाममा कांग्रेसले समन्वय समितिमा एकलौटी गरेको भन्दै एकीकृत समाजवादीको आपत्ति

Chaupati
safha napa

अछामको जिल्ला समन्वय समितिमा कांग्रेसले एकलौटी गरेको भन्दै एकीकृत समाजवादीले आपत्ति जनाएको छ । स्थानीय निर्वाचनको हिसाब किताब प्रदेश र संघको निर्वाचनमा गर्ने चेतावनी पनि एकीकृत समाजवादीले कांग्रेसलाई दिएको छ ।

‘हाम्रो भोटले कांग्रेसले अछाममा धेरै ठाउँमा जित्यो । कमलबजारको मेयर, रामारोशन गाउँपालिका अध्यक्ष हाम्रो सहयोगमा कांग्रेसले जितेको थियो’, अछाम घर रहेका एकीकृत समाजवादीका केन्द्रीय सदस्य शंकर भण्डारीले भने, ‘हामीले सहयोग नगरेको भए कुनै हालतमा कांग्रेसको उम्मेदवारको जित हुने थिएन ।’

कांग्रेसका जिल्ला सभापति पुष्पबहादुर शाहले आफूले गरेको सहमतिलाई उल्लंघन गरेको भण्डारीले आरोप लगाए । तुर्माखाद गाउँपालिका र मंगलसेन नगरपालिकामा कांग्रेसलाई सहयोग गरे बापत जिल्ला समन्वयको उपप्रमुख र २ सदस्य जिल्ला समन्वयमा सहभागी गराउने पूर्व सहमति बनेको उनले बताए ।

कांग्रेसका केन्द्रीय सदस्य गोबिन्द शाह, जिल्ला पूर्वसभापति भरत स्वाँर र हालका वर्तमान सभापति शाहसँग निर्वाचन अघि सहमति बनेको भण्डारीको दाबी छ । बुधबार बिहानसम्म पूर्व सहमतिमा कायम रहेको कांग्रेस दिउँसो भने एकलौटी निर्णय गरेको उनले बताए ।

कांग्रेसले दिएको धोकाको जवाफ आउने संसदीय चुनावमा फर्काउने भण्डारीले चेतावनी दिए । कांग्रेस जिल्ला सभापति शाहले उपप्रमुख सहित दुई सदस्य एकीकृत समाजवादीलाई भाग लगाउने पूर्व सहमति नबनेको बताए ।

‘हैसियत अनुसारका भाग पाउने हो । माओवादी र एकीकृत समाजवादीलाई १र१ सदस्य जिल्ला समन्वय समितिमा दिएका छौं’, जिल्ला सभापति शाहले भने, ‘शंकर भण्डारीले भने अनुसार हिस्सेदारी पाउन त स्थानीय तहमा जित्न पनि प¥यो नि । उहाँ कांग्रेससँग किन रिसाउनु भयो, थाहा छैन ।’

 


१८ जेठ २०७९, बुधवार १९:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु