कैलारी गाउँपालिकाको प्रवक्तामा वडाध्यक्ष बम
कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष दीपेन्द्र बमलाई पालिकाको प्रवक्ता तोकिएको छ । कार्यपालिकाको पहिलो बैठकले वडाध्यक्ष बमलाई प्रवक्ता तोकिएको हो ।
बम तरुण दलका अध्यक्ष समेत रहेका बमले गाउँपालिकाको जानकारी आम नागरिक सम्म पुगाउने जिम्मेवारी पूर्ण रूपमा निभाउने बताएका छन् ।
१८ जेठ २०७९, बुधवार १९:१२ बजे प्रकाशित












