punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

काठमाडौंका मेयर बालेन्द्रले भेटे प्रधानमन्त्रीलाई

Chaupati
safha napa

काठमाडौँ महानगरका नवनिर्वाचित प्रमुख बालेन्द्र शाहले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्। उनले बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर उनीसँग भेट गरेका हुन्। भेटमा प्रधानमन्त्री देउवाले शाहलाई महानगरको पाँच वर्षीय कार्यकालमा नेपाली कांग्रेसको पूर्ण समर्थन रहने आश्वासन दिएका छन्।

‘तपाईंले चमत्कार गर्नुभयो। म खुशी छु र ५ वर्षको कार्यकालमा हाम्रो पूर्ण समर्थन हुने छ,’ देउवाको भनाइ उद्धृत गर्दै ‘रुटिन अफ नेपाल बन्द’ ले लेखेको छ, ‘मलाई २४ घण्टा नै सम्झन सक्नुहुनेछ।’ प्रधानमन्त्री देउवाले महानगर प्रमुख शाहलाई फोहोर व्यवस्थापनका लागि केन्द्र सरकार, मन्त्रालय, सडक विभाग सबैबाट सहयोग हुने पनि आश्वासन दिएका छन्।

‘कार्यपालिकामा नि कांग्रेसको बहुमत छ विकासको काममा सहयोग हुनेछ,’ ‘रुटिन अफ नेपाल बन्द’ ले लेखेको छ, ‘फोहोर व्यवस्थापनका लागि जे–जे उपाय छ लगाउनुहोला। केन्द्र सरकार, मन्त्रालय, सडक विभाग सबैबाट सहयोग हुनेछ।’


१८ जेठ २०७९, बुधवार १८:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु