६८ वर्षमा वृद्धा भत्ता पाउने व्यवस्था
सरकारले ६८ वर्षको उमेरमानै वृद्धभत्ता पाउने व्यवस्था गरेको छ । अर्मथमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दै वृद्धभत्ता ६८ वर्षकै उमेरमा उपलब्ध गराउनको लागि बजेट विनियोजन गेको जानकारी गराएका हुन् ।
यस अघि प्रधानमन्त्री शेरबहादुर देउवाले ६५ वर्ष उमेर वृद्धभत्ता उपलब्ध गराउने घोषणा गरेका थिए ।
१ हजार भत्ता बढाउने र ६५ वर्षमा नै झार्ने छलफल गरिएपनि स्रोत चापका बीच ६८ वर्षमा वृद्धाभत्ता दिन घोषणा गरिएको हो ।
१५ जेठ २०७९, आइतवार १७:३९ बजे प्रकाशित































