मुस्ताङको मानाफेदीमा विमान रहेको स्थानीयले बताएपछि सेना त्यसतर्फ जाँदै
तारा एयरको विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको स्थानीयले खवर गरेपछि नेपाली सेनाको टोली त्यसतर्फ लागेको छ ।
स्थानीयले मानापाथी हिमालको फेदीमा विमान रहेको जानकारी आएपछि सेनाको टोली त्यसतर्फ गएको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले जानकारी दिए । तर, त्यहाँ विमान रहेको वा नरहेको विषय सेनाको टोली त्यहाँ पुगेपछि मात्र पुष्टि हुने उनले बताए । तारा एयरको विमान आइतबार विहान सम्पर्कविहीन भएको हो ।
१५ जेठ २०७९, आइतवार १६:३१ बजे प्रकाशित































